दशैंको उपलक्ष्यमा सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशैंको उपलक्ष्यमा सानिमा बैंकले “यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा” नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ । 

यो योजना १२ आश्विन देखि आश्विन मसान्त २०७७ सम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुनेछ । 

यो योजना अन्तर्गत सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने बैंकले जनाएको छ ।

यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा ३ हजार रुपैयाँ बरावरको सामान खरिद गर्दा ५ सय रुपैयाँको निःशुल्क भौचर समेत प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।