कामना सेवाले बोलायो १९ औं वार्षिक साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश प्रस्ताव पारित गर्ने एजेण्डासहित साधारणसभा आह्वान गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित लाभांश प्रस्ताव पारित गर्ने एजेण्डा सहित २४ असोजमा साधारणसभा आह्वान गरेको हो ।

बैंकले १९ औं वार्षिक साधारणसभा असोज २४ गते लिसारा रिसेप्शन, भगवती बहाल, नक्सालमा हुनेछ ।

बैंकले साधारणसभामा हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र प्रस्तावित लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ । यस्तै साधारणसभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि लैजानेछ ।

बैंकको साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि साधारणसभामा छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ८ गते एक दिनका लागि बुकक्लोज हुने बताएको छ । यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।