नबिल बैंकद्धारा सेयर धितो कर्जा सुरुवात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजारमा कारोबार हुने सेयरहरु धितो राखेर सस्तो ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराउन शुरु गरेको छ।

५० लाख रुपैँया अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा उपलब्ध गराउने नबिल बैंकले घोषणा गरेको छ।

आगामी बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकका संस्थागत संचार बिभाग प्रमुख कृष्ण सुवेदीले जानकारी दिए।

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो। यसका देश भरी ११९ शाखाहरु र १८५ एटीएम काउण्टरहरु रहेका छन्। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ।

देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो। साथै यसले नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैंकिङ युगको शुरुवात गर्नु आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्ने तर्फ केन्द्रित गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।