काठमाडौँ। नेपालमा नयाँ अन्तरिम सरकार गठनलाई छिमेकी भारतले स्वागत गरेको छ।
शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले अन्तरिम प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठन भएको घटनालाई स्वागत गर्दछौँ। यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ भन्ने हाम्रो विश्वास छ।”
भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा नेपालसँग निरन्तर सहकार्य गर्दै जनताका हित, समृद्धि र विकासमा हातेमालो गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

Comment