जेनजी अगुवा सुदन गुरुङ शीतल निवासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलनका अगुवा तथा ‘हामी नेपाल’का अध्यक्ष सुदन गुरुङ राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। शुक्रबार बिहान ९ बजे बोलाइएको बैठकमा उनी केही ढिलो भए पनि प्रवेश पाएका छन्।

गुरुङले हालैका दिनमा जेनजी आन्दोलनका विभिन्न समूहहरूको तर्फबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालै प्रधानमन्त्री नियुक्त गर्न दबाब दिँदै आएका छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने भेटमा पनि यही विषयमा प्रमुख छलफल हुने बताइएको छ।

गुरुङले बारम्बार नेपाली जनताको भावनाअनुसार अन्तरिम सरकार गठन हुनुपर्ने भन्दै आएका छन्। वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर नयाँ सरकार बन्नुपर्नेमा उनले जोड दिँदै आएका छन्।

उनले पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्व स्वीकार गर्न आफूहरू तयार रहेको स्पष्ट पारेका छन्। यससँगै अब अन्तरिम सरकार गठन प्रक्रियाले नयाँ मोड लिने अनुमान गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।