काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि विभिन्न शैक्षिक संघ–संस्थाहरूले दुई दिन शोक बिदा दिने निर्णय गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय विद्यालय सञ्चालकहरुले भदौ २४ र २५ गते देशभरका विद्यालयहरू बन्द रहने जनाएका हुन् ।
एनएमएका अध्यक्ष पवित्रा लिम्बु, अपेनका बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
विज्ञप्तिमा प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज र सरोकारवालाहरुलाई संयमित रहि शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग गर्न अपिल गरिएको छ ।
Comment