एभरेष्ट बैंकको सीईओमा दोहोरिए सुदेश खालिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुदेश खालिङ दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन् ।

भदौ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले खालिङलाई पुनः सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । चार वर्षे कार्यकालका लागि नियुक्त भएका खालिङले आगामी असोज ८ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।

बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव भएका खालिङ पहिलो कार्यकालमा पनि बैंकलाई सुदृढ बनाउन योगदान पुर्‍याइसकेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।