काठमाडौँ । नेपालमा सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन गर्दै एनसेल र अन्य इन्टरनेट सेवा प्रदायकले फेसबुकसहितका प्लेटफर्म निष्क्रिय बनाएको छ। तर, यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय फेसबुकमा खुलेर सक्रिय छ।
सचिवालयले हालैको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन सत्रका १५ तस्बिर “एमालेको दोस्रो विधान महाधिवेशन सुरु” क्याप्सनसहित पोस्ट गरेको छ। यसपछि फेसबुक प्रयोगकर्ताबीच प्रश्न र आलोचना बढेको छ।
प्रयोगकर्ताहरूले कमेन्टमार्फत “जनतालाई फेसबुक बन्द गरेर बाले एक्लै चलाउने?”, “भीपीएन प्रयोग गरेर सचिवालयले पोस्ट गरेकै हो, बन्द कसको लागि?” जस्ता प्रश्न उठाएका छन्।
देशभर फेसबुक प्रायः नचलिरहेको अवस्थामा प्रधानमन्त्री सचिवालयको यस गतिविधिले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँग असंगति देखाएको चर्चा भइरहेको छ।
Comment