माछापुच्छ्रे बैंकको लाभांश पाउन भदौ २६ भित्र सेयर किन्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश पाउन इच्छुक लगानीकर्ताले भदौ २६ गतेभित्र सेयर किन्नुपर्ने भएको छ । बैंकले असोज १० गते हुने वार्षिक साधारणसभाका लागि भदौ २७ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको हो ।

बैंकले साधारणसभामा ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरेको छ ।

यसअनुसार भदौ २६ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउने मात्र नभई साधारणसभामा भाग लिन र मतदान गर्न पनि सक्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।