काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आगामी असोज १० गते (शुक्रबार) वार्षिक साधारणसभा बोलाएको छ । सभा बिहान ११ बजे पोखरास्थित होटल पोखरा ग्रान्डमा हुनेछ ।
बैंकले सभामा ४ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने भएको छ । साथै, ८.२५ प्रतिशत लाभांश दिने ३ अर्ब रूपैयाँ बराबरको अविमोच्य अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।
बैंकले सेयरधनीहरूको खातामा लाभांश दशैंअघि नै पठाउने योजना बनाएको जनाएको छ ।
Comment