काठमाडौं । दशैंको अवसरमा ज्योति विकास बैंकले हवाई टिकट खरिदमा रु. ५०० सम्म क्यासब्याक अफर सार्वजनिक गरेको छ। बैंकले आफ्ना ग्राहकलाई सहज र लाभदायक यात्राको सुविधा दिन ‘ज्योति स्मार्ट’ मोबाइल बैंकिङ एपमार्फत हवाई टिकट खरिद गर्ने ग्राहकलाई यो सुविधा दिने भएको हो।
यस योजनाअन्तर्गत, एप प्रयोग गरी जुनसुकै घरेलु एयरलाइन्सको टिकट खरिद गर्दा “JBBL500” प्रोमो कोड प्रयोग गरेर अधिकतम रु. ५०० क्यासब्याक प्राप्त गर्न सकिनेछ। अफर पहिलो ४०० जना ग्राहकका लागि मात्र सीमित हुनेछ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुने जनाएको छ। हालै ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र समेत हासिल गरेको छ।
देशभर १२१ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत सेवा दिँदै आएको बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा र नवजात शिशुको जीवन रक्षा जस्ता क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको छ।
Comment