आज बस्दै प्रतिनिधिसभाको बैठक, यस्तो छ कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछन्। बुधबार अपराह्न १ बजे बैठक तय भएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन्।

त्यसैगरि प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको ‘जलस्रोत विधेयक’ टेबुल गर्ने कार्यसूची छ।

त्यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि राष्ट्रियसभाबाट भएको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

त्यसैगरि आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्ने भएको छ। समितिमा आव २०८१/८२ को वार्षिक प्रतिवेदन र आव २०८२/८३ को वार्षिक कार्य योजनाको मस्यौदामाथि छलफल हुने कार्यक्रम छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।