काठमाडौं । एनआईसी एशिया बैंकले ऋण नतिर्ने १५० जना ऋणीको धितो लिलामका लागि दोस्रोपटक ७ दिने सूचना प्रकाशित गरेको छ। सोमबार बैंकले एकैपटक १५० ऋणीको सम्पत्ति लिलाम गर्ने गरी सूचना जारी गरेको हो।
यसअघि बैंकले १५ दिने सूचना प्रकाशित गरे पनि धितो बिक्री हुन नसकेपछि पुनः ७ दिनको सूचना जारी गरिएको हो। यदि यस अवधिमा पनि धितो बिक्री नभएमा सो सम्पत्तिलाई गैर–बैंकिङ सम्पत्ति (NPA) मा सार्नुपर्ने बैंकले जनाएको छ।
बैंकका अनुसार, एनआईसी एशियाले लगानी गरेका धेरैजसो कर्जा साना भएका कारण लिलामीमा राखिएका धितो पनि सानोतिनै मूल्यका रहेका छन्। ऋणीलाई पटक–पटक मौखिक सूचना र ३५ दिने सूचना प्रकाशन गरेर पनि ऋण नतिरेपछि अन्ततः बैंक लिलामी प्रक्रियामा पुगेको हो।
Comment