काठमाडौं । मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ यही भदौ २० गते नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा सार्वजनिक हुने भएको छ।
कर्ण, धरा र अग्नि जस्ता चर्चित महाकाव्यका स्रष्टा लम्सालले ‘कल्प’ लेख्न झण्डै पाँच वर्ष खर्चिएको बताए।
शिखा बुक्सद्वारा प्रकाशित ‘कल्प’ मा विश्व घटनाक्रम र त्यसले मानव जीवनमा पारेको प्रभाव चित्रण गरिएको छ। प्रकाशक पुष्पराज पौडेलका अनुसार, यस काव्यले आजको विश्व समस्यामाथि बहस सुरु गर्ने विश्वास गरिएको छ।
३० वर्ष रेडियो नेपाल र १० वर्ष बिबिसीमा काम गरेका लम्साल ४० वर्षदेखि साहित्यमा सक्रिय छन्। ‘कल्प’ उनको चौथो महाकाव्य र नवौँ कृति हो।
Comment