काठमाडौँ। सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा अन्तर्गत गठित राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ । साेमबार सचिवालयका सचिव हर्कराज राईले यही भदाै ११ गते हुने निर्वाचनको कार्यतलिका सार्वजनिक गरेका हुन् ।
कार्यतालिका अनुसार १० गते मङ्गलबार दिउँसो एक बजेदेखि चार बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ ।
‘सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को एक सदस्यको समर्थन सहित प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७६ को उपनियम (२) बमोजिम प्रस्ताव दर्ता गर्ने,’ जारी सूचनामा उल्लेख छ । त्यसपछि १० गते सवा चार बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका छ ।
भदौ ११ गते ३ बजे समिति बैठक बस्ने र त्यसमा सभापतिको निर्वाचन हुने कार्यतालिकामा उल्लेख छ ।
यस्तो छ कार्यतालिका

Comment