भदौ १६ देखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोको आईपीओ खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आगामी भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (साधारण शेयर) निष्काशन गर्ने भएको छ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम लगानीकर्तामाझ शेयर ल्याउन लागेको हो।

कम्पनीको ८३ करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। यसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता स्थानीय प्रभावित क्षेत्रका वासिन्दालाई र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरी बाँडफाँट भइसकेको छ।

त्यस्तै, १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि र ६२ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ।

अब बाँकी १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला हुनेछन्। यस आईपीओमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

कम्पनीका अनुसार आईपीओको आवेदन अवधि छिटोमा भदौ १९ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म रहनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।