भदौ २५ गतेको २ : १५ बजे अघिको कारोबारको राफसाफ शुक्रवारदेखि शुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) बाट प्रभावित भदौ २५ गतेको २ : १५ बजे अघिको कारोबारको राफसाफ असोज ९ गते शुक्रवार हुने भएको छ । भदौ २९ गते गर्नुपर्ने उक्त दिनको कारोबारको २ : १५ बजे पछिको राफसाफ भदौ ३१ गते भएको थियो । 

नेप्सेको निर्देशनमा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले भदौ २५ गतेको २ : १५ बजे पछिको रू. १ अर्ब ९५ करोड बराबरको राफसाफ भदौ ३१ गरेको थियो । भदौ २५ गते नेप्सेमा रू. २ अर्ब २० करोड ९६ लाख ४४ हजार बराबरको शेयर कारोबार भएको थियो । 

सिडिएससीले उक्त दिन रू. १ करोड ९३ लाख बराबरको कारोबार रद्ध भएको र बाँकी रकमको राफसाफ शुक्रवार हुने जानकारी दिएको हो । 

टिएमएसको समस्याका कारण त्यस दिन १२ बजेर १९ मिनेटदेखि २ बजेर १५ मिनेटसम्म कारोबार रोक्का गरिएको थियो । नेप्सेले अवधि थप गरी साँझ ५ बजेसम्म बजार सञ्चालन गरेको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।