नेप्से बिहीबार पनि ओरालो, ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा झर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पुनः गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन नेप्से ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.६९ अंक, फ्लोट इन्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२१ अंकले घटेका छन्। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको देखिन्छ। बुधबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार त्यो घटेर ५ अर्ब २ करोड १ लाख ४ हजार रुपैयाँमा झरेको छ। आज ३१९ कम्पनीको ५६ हजार ८२४ पटकको कारोबारमा १ करोड ६८ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको हो।

यस दिन विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्य ३२ रुपैयाँ १० पैसाले बढ्दै सकारात्मक सर्किट लेभलमा पुगेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि करिब ५.५ प्रतिशतले वृद्धि भएको छ। कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो, जसको २४ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँ र बलेफि हाइड्रोपावरको १४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

बिहीबार १३ वटा उपसमूहहरूमध्ये केवल निर्जीवन बीमा उपसमूहको मात्र परिसूचक ०.१४ प्रतिशतले वृद्धि भएको छ भने बाँकी १२ उपसमूहको परिसूचकमा गिरावट देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।