रिभर फल्स पावरले भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले आगामी भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्दै ७० लाख कित्ता सेयर बजारमा ल्याउने तयारी गरेको हो। प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका हिसाबले कम्पनीले ७० करोड रुपैयाँ बराबरको पूँजी उठाउनेछ।

कम्पनीका अनुसार हकप्रद निष्काशनको उद्देश्य पूँजी संरचना मजबुत बनाउँदै ऋण भार कम गर्नु हो। यो सेयर हकदावी गर्न साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी हुनुपर्नेछ। आवेदन दिने समय सीमा भदौ २३ गतेदेखि असोज १२ गतेसम्म तोकिएको छ।

कम्पनीलाई केयर रेटिङ नेपाललेडबल बी माइनस रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

यस हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु बैंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगञ्ज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सि-आस्बा प्रणाली र मेरो सेयर पोर्टल मार्फत पनि सहज आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल रिभर फल्स पावरको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन पश्चात कम्पनीको पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले संकलन भएको पूँजी डाउन पिलुवा खोलामा आएको बाढीका कारण बढेको आयोजना लागत तथा त्यसबाट सिर्जित बैंक ऋणको भार घटाउन प्रयोग गरिने जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।