काठमाडौं । पोखरा महानगरपालिका–२७, तालचोक स्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक र प्रभु बैंक लिमिटेड बीच सेवामा छुट सम्वन्धी सम्झौता भएको छ ।
पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकको स्वास्थ्य सेवा सुविधामा बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउने भएका छन । सो छुट सेवा सुविधा पोलीक्लिनिकमा प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौता–पत्रमा पोलीक्लिनिकका तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंकको तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले संयुक्त हस्ताक्षर गरेका छन् ।
Comment