काठमाडौं । निर्देशक सरोज पौडेलद्वारा निर्देशित नयाँ नेपाली चलचित्र ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक गरिएको छ।
गाउँको परिवेशमा आधारित यो फिल्मले प्रेम, पारिवारिक सम्बन्ध, तथा सामाजिक द्वन्द्वका कथाहरूलाई समेटेको छ। ट्रेलरमा देखाइएअनुसार फिल्ममा कमेडी, भावनात्मक दृश्यहरू, र ग्रामीण जीवनशैलीलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
फिल्ममा सुरक्षा पन्त, नीति शाह, आर्यन सिग्देल, मञ्जिल कुमार, र ऋचा शर्मा लगायत मुख्य भूमिकामा देखिएका छन्।
त्यस्तै प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, र लोकमणि सापकोटाको पनि सशक्त अभिनय देख्न पाइनेछ।
निर्देशक सरोज पौडेल यसअघि सर्वाधिक सफल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ मार्फत दर्शकमाझ पहिचान बनाइसकेका छन्।
नरदेवी फिल्मसको प्रस्तुति रहेको ‘कोशेढुंगा’ मा प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेका छन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन्।
फिल्म नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शन हुने तय भएको छ। नेपालमा भने भदौ १२ गतेबाट औपचारिक रूपमा रिलिज हुने जनाइएको छ।
Comment