काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शरीरमा भिटामिन–डीको कमी भएको पाइएको छ । सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनको रगत परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएमा रिपोर्टमा सूर्यको किरणबाट प्राप्त हुने भिटामिनको कमी रहेको पाइएको हो ।
जब हाम्रो छालामा सूर्यको किरण पर्छ, शरीरले प्राकृतिक रूपमा भिटामिन डी प्राप्त गर्छ । रविको शरिरमा सोही भिटामिनको कमी रहेको पाइएको हो ।
रूपन्देहीको कारागारमा राखिएका रविलाई हालै राजधानीस्थित नख्खु कारागार सारिएको थियो । रूपन्देहीमा उनलाई बन्द कोठामा राखेको चर्चा चलेको थियो ।
भिटामिन डी को कमी हुँदा हड्डी कमजोर हुने, थकान महसुस हुने, मांसपेशी दुख्ने, मूड खराब हुने तथा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने जस्ता लक्षण तथा असर देखा पर्छन् ।
Comment