फेसबुकमा देखेको नेप्से एआई डाउनलोड गर्दा बैंक खाताबाट साढे २८ लाख चोरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फेसबुकमा देखेको विज्ञापनबाट नेप्से एआई नामक एप्स डाउनलोड गर्दा एक व्यक्तिको खाताबाट एकैचोटी साढे २८ लाख बढी रकम चोरी भएको छ ।

परिवर्तित जोन डोइ नाम गरेका एक व्यक्तिले फेसबुकमा देखेको विज्ञापनबाट नेप्से एआई नामक एप्स डाउनलोड गरेका थिए । लगत्तै उनको बैंक खाताबाट २८ लाख ६१ हजार रुपैयाँ चोरी भयो । फेसबुकमा देखेको विज्ञापनबाट यो एप्स डाउनलोड गरेपछि उनको मोबाइलमा रिमोट एक्सेस खुलेको थियो । केही समयपछि उनको मोबाइल स्क्रिन ब्ल्यांक भएर गयो र लगत्तै बैंक खाताबाट २८ लाख ६१ हजार रुपैयाँ चोरी भयो ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार सो व्यक्तिका मोबाइलमा भएका सम्पूर्ण डाटा र एप्स पनि मेटिएको पाइएको छ । यो घटना बाहिर ल्याउँदै नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत फैलिरहेको फसाउने यस्ता प्रवृत्तिविरुद्ध सचेत रहन आग्रह गरेको छ ।

प्रहरी प्रधानकार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले हालै फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जालहरूमा ‘नेप्से एआई’ नामक एप्स डाउनलोड गर्न लगाई डिजिटल डिभाइसबाट ठगी गर्ने गरि फैलिरहेको त्रुटिपूर्ण सूचना तथा झुठो प्रचारबाट बँच्न समेत आग्रह गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।