आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। सोमबार देशका पहाडी भूभागका धेरै र मधेश प्रदेश लगायत देशका बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।