बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज (मंगलबार) बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदै छन्। उनले सोमबार नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। कांग्रेस–एमाले गठबन्धनको समर्थनसहित बानियाँको दाबी संविधानको धारा १६८ (२) बमोजिम गरिएको हो।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।

बानियाँले एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको समर्थनसहित मुख्यमन्त्री पदका लागि औपचारिक दाबी गरेका थिए।

प्रदेश प्रमुखको सचिवालयका अनुसार बानियाँले आज साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

शपथपछि मन्त्रिपरिषद् विस्तारको प्रक्रिया सुरु हुने जनाइएको छ। हाल बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ मन्त्रालय रहेका छन्। गठबन्धनको सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्रालयको जिम्मेवारी लिनेछ।

नयाँ सरकारसँगै प्रदेशमा राजनीतिक स्थिरता र विकासका काममा गति आउने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।