नेप्से परिसूचक ६.१२ अंकले घट्यो, २ अर्ब ६३ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सातको दोस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ ।

सोमबार नेप्से ६.१२ अंकले घटेर १५६९.६ विन्दुमा कायम भएको छ ।

यसदिन १९५ कम्पनीका ८५ लाख ६५ हजार ७८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २ सय १६ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये १ समूहको परिसूचक उकालो लागेको छ भने ११ समूहको परिसूचक ओरालो लागेका छन् ।

सेयर बजार घटेको दिन आज उत्पादनमूलक समूहमा मात्रै हरियाली छायो भने बाँकी सबै समूह राताम्मे भए ।

आज नेपाल बैंक लिमिटेड शेयर सबैभन्दा बढी किनबेच भयो । नेपाल बैंकका २१ करोड ३८ लाख ८४ हजार ४ सय ५८ रुपियाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।