काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गरेको छ। बुधबार बसेको पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पद र साधारण सदस्य दुबैबाट हटाउने निर्णय गरेको हो।
पार्टी अनुशासन समितिका संयोजक रामलाल डंगौरा थारूका अनुसार बहुमत सदस्यको निर्णयअनुसार श्रेष्ठलाई स्पष्टीकरण मागिए पनि उनले जवाफ नदिएको र भेलामा समेत सहभागी नभएकाले कारबाही प्रक्रिया अघि बढाइएको हो।
अनुशासन समितिले पेस गरेको प्रस्तावलाई राष्ट्रिय भेलाले बहुमतले पारित गर्दै श्रेष्ठलाई हटाउने निर्णय अनुमोदन गरेको हो।
भेला अझै जारी रहेको र भोलि नयाँ अध्यक्षसहित सम्पूर्ण पदाधिकारीको टुंगो लगाइने संयोजक थारूले जानकारी दिए।
Comment