७८ स्थानीय तहका १२० विद्यार्थीलाई सिटिइभिटीको पूर्ण छात्रवृत्ति, मागियो आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्रि–डिप्लोमा, डिप्लोमा र प्रमाणपत्र तहमा देशका ७८ स्थानीय तहका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भएको छ । छात्रवृत्तिका लागि परिषद्ले शुक्रबार योग्यता पुगेका विद्यार्थीबाट आवेदनसमेत माग गरेको छ ।

प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ स्थानीय तहका कुल १२० विद्यार्थीलाई सिटिइभिटीले आफ्ना विभिन्न कार्यक्रमहरूमा छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

प्रमाणपत्र तह सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डिप्लोमा इन होटल म्यानेजमेन्ट, एग्रिकल्चर, सिभिल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, प्रि–डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र एग्रिकल्चरमा क्रमशः ४८, ८, १०/१० र ७/७ सिटमा प्राविधिक शिक्षाको पहुँच नपुगेका देशका ७८ वटा स्थानीय तहका विद्यार्थीलाई छात्रवृत्ति दिन लागिएको सिटिइभिटीले जनाएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै परिषद्ले आगामी आइतबारदेखि साउन २९ गतेसम्म योग्यता पुगेका विद्यार्थीलाई आवेदन फाराम भर्न अनुरोध गरेको छ । आवेदन फाराम भर्न कुनै शुल्क नलाग्ने सिटिइभिटीको भनाइ छ ।

परीक्षामार्फत प्रमाणपत्र तह सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा विषयमा छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालय, इलाम, निर्मल लामा बहुप्राविधिक शिक्षालय, महोत्तरी, दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय, माडी, चितवन, शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय, दाङ, कर्णाली प्राविधिक शिक्षालय जुम्ला र सेती प्राविधिक शिक्षालय, दीपायल, डोटीमा अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । अन्य कार्यक्रमहरूको हकमा भने शिक्षालय तोकी भर्नाका लागि सिफारिस गरिने परिषद्ले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।