किया इन्डियामा अतुल सूद वरिष्ठ उपाध्यक्ष नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय अटोमोबाइल बजारमा अग्रणी कम्पनी कियाले अतुल सूदलाई नयाँ बिक्री तथा मार्केटिङ वरिष्ठ उपाध्यक्ष पदमा नियुक्त गरेको छ। यो नियुक्ति सन् २०२५ जुलाई ११ देखि लागू हुनेछ।

सूदले किया इन्डियाका प्रमुख बिक्री अधिकृत जुन्सु चोलाई प्रत्यक्ष रिपोर्ट गर्नेछन्। कम्पनीले उनको अनुभव, दृष्टिकोण र रणनीतिक सोचबाट किया इन्डियाको बजार उपस्थिति थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

झण्डै तीन दशकको अनुभव बोकेका सूदले यसअघि टोयोटा मोबिलिटी सोलुसन्स एण्ड सर्भिसेज इन्डिया (TMSS) मा प्रेसिडेन्ट तथा निर्देशकका रूपमा काम गरेका थिए। उनले टोयोटाका प्रमाणित प्रि-ओन्ड कार आउटलेटहरू सफलतापूर्वक सञ्चालन गर्दै भारतभरि टोयोटाको उपस्थितिमा उल्लेखनीय योगदान पुर्‍याएका थिए।

टोयोटा किर्लोस्कर मोटर्स र टोयोटा मोटर एशिया प्यासिफिकमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।

सूदले पुणेस्थित सिम्बायोसिस सेन्टर फर म्यानेजमेन्ट एन्ड एचआरडी बाट मार्केटिङमा स्नातकोत्तर तथा थापर इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका छन्।

किया इन्डियाका प्रबन्ध निर्देशक तथा सीईओ ग्वाङगु लीले सूदको स्वागत गर्दै भनेका छन्, “हामी किया इन्डिया परिवारमा अतुल सूदलाई समावेश गर्न पाउँदा निकै उत्साहित छौं। उनको औद्योगिक अनुभव र रणनीतिक सोचले हाम्रो ग्राहक सन्तुष्टि र बजार विस्तारमा ठोस योगदान पुर्‍याउनेछ।”

नयाँ भूमिकामा नियुक्त भएपछि सूदले पनि किया इन्डियासँग आबद्ध हुन पाएकोमा खुशी व्यक्त गरेका छन्। “कियाको नवीन सोच र ग्राहकप्रतिको प्रतिबद्धता मेरो व्यक्तिगत कार्यदृष्टिकोणसँग मेल खान्छ। म कम्पनीको टिमसँग मिलेर भारतभर दीगो वृद्धिको लक्ष्य प्राप्त गर्न तत्पर छु,” उनले बताएका छन्।

अटोमोबाइल उद्योगका अनुभवी नेताका रूपमा सूदलाई नवप्रवर्तन र व्यवसाय वृद्धिमा योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा चिनिन्छ। किया इन्डियाले उनको अनुभवबाट भविष्यमा अझ सशक्त रणनीति र दिगो विकासको अपेक्षा लिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।