अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अमेरिकी डलरको घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलरसहित केही मुद्रा भने महँगिएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६७ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ ५४ र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ ७३ र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ७९ र बिक्रीदर १८६ रुपैयाँ ६१ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ५८ र बिक्रीदर १८७ रुपैयाँ ४० पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १० पैसा र बिक्रीदर ८९ रुपैयाँ ४९ पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८३ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५० रुपैयाँ ८४पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६५ रुपैयाँ २० पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।