काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्राधिकरण अध्यक्ष शरद ओझाले नीति सार्वजनिक गर्दै बीमा क्षेत्रलाई प्रतिस्पर्धी, पारदर्शी र प्रगतिशील बनाउने लक्ष्य रहेको बताए।
प्राधिकरणले बीमितको हित संरक्षण, बीमाको पहुँच विस्तार, डिजिटल सेवा प्रवाह, जलवायु जोखिम व्यवस्थापन, लैङ्गिक समावेशिता, अनुसन्धान र अन्तर्राष्ट्रिय अभ्यासमा आधारित सुधारमा प्राथमिकता दिएको छ। साथै, बीमा विकास कोष मार्फत सरकारी विद्यालयका विद्यार्थी र लक्षित वर्गका लागि बीमा योजना सञ्चालन गरिने बताइएको छ।
कार्यक्रममा डिजिटल गुनासो प्रणाली, ट्रान्सपरेन्सी ड्यासबोर्ड, नयाँ बीमालेख विकास, जोखिममा आधारित निरीक्षण तथा पूँजी व्यवस्थापन प्रणाली लागू गर्ने र बीमा सूचना केन्द्र स्थापनासमेत नीति अन्तर्गत समावेश गरिएको छ।
Comment