सामाजिक सुरक्षा कोषको दाबी भुक्तानी १५ अर्ब नाघ्यो,आवद्धको संख्या २३ लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई १५ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ।

कोषका अनुसार असार १५ गतेसम्म विभिन्न शीर्षकमा १५ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी गरिएको हो। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १ लाख ७ हजार १७६ जना योगदानकर्तालाई २ अर्ब ५ करोड २७ लाख रुपैयाँ भुक्तानी दिइएको छ। यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ७० हजार ३४९ जनालाई १९ करोड ९२ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनामा २७ हजार ४५९ जनालाई २५ करोड १५ लाख रुपैयाँ र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत १ लाख १९ हजार ३४६ जनालाई १२ अर्ब ८८ करोड रुपैयाँ भुक्तानी गरिएको हो।

सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या समेत तीव्र रूपमा बढ्दै गएको छ। हालसम्म कोषमा कुल २३ लाख ३८ हजार ९१८ जना आवद्ध भइसकेका छन्। तीमध्ये सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएकाहरू १७ लाख ३९ हजार ३९ जना छन् भने औपचारिक क्षेत्रबाट ५ लाख ९८ हजार ८६२ जना, अनौपचारिक क्षेत्रबाट ६१६ जना र स्वरोजगार क्षेत्रबाट ४०१ जना आवद्ध भएका छन्।

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशबाट २ हजार २३२ जना रोजगारदाता र ६३ हजार ७४७ जना योगदानकर्ता, मधेश प्रदेशबाट १ हजार ११७ रोजगारदाता र २९ हजार ५७३ योगदानकर्ता, बागमती प्रदेशबाट १४ हजार ११२ रोजगारदाता र ४ लाख ५३ हजार ३७९ योगदानकर्ता कोषमा आवद्ध छन्। गण्डकी प्रदेशबाट १ हजार ६७ रोजगारदाता र २५ हजार ३३६ जना योगदानकर्ता, लुम्बिनी प्रदेशबाट १ हजार ७२२ रोजगारदाता र २१ हजार ४३८ योगदानकर्ता, कर्णाली प्रदेशबाट २८० रोजगारदाता र २ हजार ३४४ योगदानकर्ता तथा सुदूरपश्चिम प्रदेशबाट ३०७ रोजगारदाता र ३ हजार ४५ जना योगदानकर्ता कोषमा आवद्ध भइसकेका छन्। सामाजिक सुरक्षालाई सबल र प्रभावकारी बनाउन कोषले निजी तथा सरकारी क्षेत्रको सहभागिता अझ बढ्नुपर्ने आवश्यकता औंल्याएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।