आजको पञ्चाङ्ग
काठमाडौं । २०८२ असार १२ गते, बिहीवार, २६ जुन २०२५। आषाढ शुक्लपक्ष प्रतिपदा तिथि, १४ः४४ बजेपछि द्वितीया। आर्द्रा नक्षत्र, १०ः२८ बजेपछि पुनर्वशु। चन्द्रराशि मिथुन।
आजको राशिफल
मेष : दिन राम्रो छ। लगानीबाट फाइदा, बढुवा योग, प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
वृष : धन लाभ, स्वास्थ्यमा ख्याल गर्नुहोस्, साथी टाढा हुन सक्छन्। परिवारको साथमा रमाइलो जमघट हुने छ।
मिथुन : दिन राम्रो छ। मन प्रसन्न, स्वास्थ्य लाभ, थोरै बोलेर अघि बढ्नु उचित।विपक्षी समूहमा बौद्धिक व्यक्ति भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्ने देखिन्छ।
कर्कट : सञ्चित धनको खर्च हुनेछ। व्यापार लाभ, राजनीतिबाट टाढा रहनु उपयुक्त। शिक्षाको क्षेत्रमा गरेको श्रमको प्रतिफलका लागि प्रतिक्षा गर्नुपर्ने देखिन्छ।
सिंह : आज दिन राम्रो छ। आम्दानी वृद्धि, साथीको साथ, योजना गोपनीयता सुरक्षित गर्नुपर्ने दिन छ।
कन्या : दिन राम्रो छ।कृषि लाभ, आम्दानीको स्रोत, परिवारको प्रशंसा।स्वास्थ्यमा सुधार हुनेछ। परिवारभित्र तपाईंको कामको प्रशंसा हुनेछ।
तुला : दिन राम्रो छ। कला प्रदर्शनको दिन, प्रभावकारी सहकार्य, मन प्रसन्न हुनेछ।
वृश्चिक : मन उत्साही, स्वास्थ्यमा सजग हुनुहोस्, पारिवारिक सम्बन्ध राम्रो। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्ने छ।
धनु : दिन राम्रो छ। शुभ दिन, आम्दानी राम्रो, परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।
मकर : दिन सामान्य छ। खर्च बढ्ने दिन, धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।
कुम्भ :बौद्धिक भेट, आध्यात्मिक वार्ता परिवारको साथ र सहयोग बढ्नेछ।
मीन : दिन सामान्य छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने देखिन्छ। अवरोधपूर्ण दिन, सूझबुझ आवश्यक, संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
Comment