ट्रम्पलाई महाभियोग लगाउने प्रयास भारी मतले असफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी तल्लो संसद्ले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको प्रयासलाई रोक्ने निर्णय गरेको छ । राष्ट्रपति ट्रम्पले कंग्रेसको पूर्वस्वीकृति नलिई इरानमा सैन्य आक्रमण सुरु गरेपछि उनलाई सत्ताको दुरुपयोगको एकमात्र आरोपमा महाभियोग लगाउने प्रयासलाई अमेरिकी हाउसले मंगलबार भारी मतले रोक्ने निर्णय गरेको समाचार संस्था एपीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन एक प्रगतिशील सांसदले प्रस्ताव लगेका थिए । अधिकांश डेमोक्र्याटहरूले रिपब्लिकनसँग मिलेर यो प्रस्ताव हाललाई स्थगित गर्ने पक्षमा मत दिए । तर, दर्जनौं डेमोक्र्याटरूले ग्रीनको प्रयासलाई समर्थन गरे । मत परिणाम ३४४–७९ रह्यो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।