काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ। नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले बढेर २,६००.७६ बिन्दुमा पुगेको हो।
आज कूल ३२५ कम्पनीका एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर ७० हजार ८३१ पटक खरिदबिक्री हुँदा कारोबार रकम ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ पुगेको छ।
उपसूचकहरूको स्थिति हेर्दा अधिकांश समूहमा वृद्धि देखिए पनि केहीमा गिरावट आएको छ। विकास बैंक शून्य दशमलव ०९, जीवन बीमा शून्य दशमलव ३९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव १९ प्रतिशतले घटेका छन्।
त्यसैगरी, व्यापार समूह सबैभन्दा धेरै दुई दशमलव २० प्रतिशतले बढेको छ। बैंकिङ शून्य दशमलव १५, वित्त शून्य दशमलव ७२, होटल तथा पर्यटन शून्य दशमलव ९०, जलविद्युत् शून्य दशमलव ४२, लगानी शून्य दशमलव ३७ र लघुवित्त समूह शून्य दशमलव ०१ प्रतिशतले उकालो लागेको छ।
शेयर मूल्य वृद्धिमा जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड सबैभन्दा अगाडि रह्यो, जसको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढ्यो।
अर्कोतर्फ, सबैभन्दा धेरै घट्ने कम्पनीको सूचीमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड पर्यो, जसको शेयरमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको ५२ करोड १८ लाख ५९ हजार ८६६ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने शेयर संख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेडको आठ लाख ३१ हजार ४८१ कित्ता शेयर कारोबार भएको छ।
Comment