सहकारीको संकट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिष्णु गिरी ‘निश्चल’
पछिल्लो समय सहकारीहरुमा भएको सामान्य जनताको अर्बौं पैसा असुरक्षित छ । फिर्ता कहिले र कसले गर्ने निश्चित छैन । सडकमा जुलुस लागेको छ । सहकारी सञ्चालका भाग्नु पर्ने बाध्यता बनेको छ भने ऋण लगेकाहरुले ऋण नतिर्ने अनेको बहानाबाजी बनाईरहका छन् ।सहकारी क्षेत्रमा समस्या देखिए पनि तयार गरिएको राज्यको आवधिक योजना, नीति, कार्यक्रम बजेट कतै कुनै चर्चा छैन ।

सहकारीलाई धेरैले नाफामूलक उद्यमको रुपमा स्वीकार गरिनुले पनि पछिल्लो समय संकट आएको धेरैको बुझाई छ । सहकारी सिद्धान्तबाट चल्ने कानुनका आधारमा व्यवहार गरिने व्यवसाय हो । यो बहुजन हितायको अवधारणामा आधारित छ ।
समाजबाट साहुहरु विस्थापित गर्ने सहकारीहरु आज समस्यामा पर्दा बोल्ने कोही छैन । फौजदारी कानुनको ‘निरापराधीले दण्ड पाउनु हुन्न’ भन्ने सिद्धान्त पनि सहकारी क्षेत्रमा कार्यान्वयन भएन । समाज विद्युतीय कारोबार हुँदै केन्द्रीय बैंक डिजिटल करेन्सीको युगमा गयो तर सहकारीहरुलाई त्यसबाट बञ्चित गरियो । अहिले पनि समुदायमा आधारित, सुशासनमा संचालन भएका सहकारी संस्थाहरूले आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन् ।

मुलुकमा सहकारीको २००७ सुरुवात भएको मानिएपनि २०१० सालमा सहकारी विभागकै स्थापना भएको पाईन्छ । सहकारीको सुरुवात भने २०१३ मा चितवन जिल्लाको बखान सहकारीबाट सुरु भएको मानिन्छ । यो सँगै २०१६ सालमा प्रथम सहकारी ऐन जारी भएको थियो । सहकारी विभागका अनुसार झण्डै ४५ हजारको हाराहारीमा सहकारी छन यसमा पनि सम्पूर्ण जिल्लाहरुमा जिल्ला संघ, विषयगत जिल्ला संघ र केन्द्रमा विषयगत केन्द्रिय संघ र राष्ट्रिय संघहरु स्थापना गरेका छन् । सहकारीले वित्तीय पहुँच अभिबृदि गर्नुका अतिरिक्त नेतृत्व विकास, सामाजिक एकीकरण, उद्यमशिलता प्रवद्र्धन, सामुदायिक सशक्तिकरण तथा गरिबी निवारणमा योगदान गदै आएको छ ।

सहकारीहरुको कार्यक्षेत्र सिमित र सानो रहेको छ । सहकारीमा निश्चित कार्यक्षेत्र तथा समुदायका मानिसहरु सदस्य रहेका हुन्छन् । सहकारी ऐन २०७४ मा कारोबार प्रकृति अनुसार सहकारी संस्थाहरुलाई वर्गिकरण गरिएको छ । सरकारले अबलम्बन गरेको तिन खम्बे अर्थनिति र देशको आर्थिक मेरुदण्डको रुपमा रहेको सहकारी अभियान लाई सफलता तर्फ उन्मुख गर्ने जिम्मेबारी अहिलेको आवश्यकता हो । सहकारीमा आएको संकटको समाधान गर्न पनि सरकार र सरोकारवाला निकाय जिम्मेबार बन्नु पर्छ । सहकारी सदस्यको सक्रिय सहभागितामा सञ्चालन हुने व्यवसाय हो । सहकारीलाई संस्थागत रुपमा बलियो, सुशासनयुक्त र व्यावसायिक रुपमा सञ्चालनका लागि सहकारी शिक्षासंगै उद्यमशिलताका विषयमा सचेत बनाउनु पर्दछ । सहकारीलाई राम्रो बनाउने मात्रै होइन, संकटमा जोगाउने पनि सदस्य हुन ।

       सहकारीमा बचत र्फितालाई मात्र जोड दिएका अवस्था छ ऋण लिएकाहरुलाई पनि समयमै यसलाई फिर्ता गर्न सहकारीमा आवद्ध सदस्यहरुले नै पहल गरे सहकारीमा कुनै समस्यमा छैन । सहकारी सम्बन्धी जुन प्रकारका् भ्रम छ त्यो हटाउनको लागि राज्य स्तरबाटै लाग्नु पर्छ स्वय सहकारी कर्मीहरु पनि लाग्न सकेको खण्डमा सहकारी बास्तबमा देशको अर्थतन्त्रको एउटा खम्बा बन्न सक्छ ।

अर्थतन्त्रमा आएको संकुचनसगै सन्दर्भ व्याजदरको क्यापिंग र ऐनका प्रवद्र्धनात्मक प्रावधानहरु कार्यान्वयन नहुनाका कारण वर्तमान समयमा सहकारीमा केही समस्या देखिएको हो । हाम्रो देश नेपालमा पनि करिब आधा जनसंख्याको पहुच सहकारीमा छन् । तर सिद्धान्तविहिन सहकारी वास्तविक रुपमा सहकारी हुन सक्दैन । विश्वविद्यालयमा सहकारी अर्थव्यवस्थाको विषयमा अनुसन्धान गर्ने र गराउने कार्य गर्नु पर्छ जुन आज सम्म हुन सकेको छैन । हाम्रो मुलुकको अर्थव्यवस्थाको खम्बा नीजि, सरकारी र सहकारी हुने भनिएको छ । अर्थतन्त्रको खम्बामा सहकारीलाई राखिएता पनि सहकारीको बिकासको लागि कुनै ठोस कार्यक्रम आएको देखिदैन । तरलता अभावले अहिले बैंक, वित्तीय संस्था तथा सहकारीहरुले लगानी रोकेको अवस्था छ । सानो सानो रकम विना धितो लगानी गरेर सदस्यहरुलाई थप पुँजी गर्नको लागि सहकारी उत्तम माध्यम भएको सदस्यहरुको बुझाई रहेको छ । प्रत्यक्ष सदस्यहरु सँग कारोबार गर्दै आएको सहकारी भएको हुँदा सहकारी प्रति सदस्यहरुको विश्वास र भरोसा पनि बैंक तथा वित्तीय संस्थाभन्दा बढी पाउन सकिन्छ । कोरोनाको कहरको बेला होस् की तरलता अभाव भएको बेला होस् या अन्य कुनै विपत्तिमा सदस्यहरुको हितमा सहकारी रहने गर्दछ । सदस्यहरुलाई बचत गर्ने बानीको विकास सहकारीले घर घरमा पुगेर गराउने गरेको छ । आफुले लिएकोे ऋण, आफ्नो बचत आफैले सुरक्षित गर्ने हो । तरलता अभाव भएता पनि सहकारी क्षेत्र फेरी उठ्ने छ । सदस्यहरुको बचत सदस्यहरुमै ऋण लगानी गरिएको हुँदा स्वंयम सदस्यहरु नै संस्थाको दिर्घकालिन विकासको मेरुदण्ड रहेको हुँदा संस्थामा नियमित कारोबार गरौं ।

आर्थिक कारोबार गर्दै सदस्यहरुलाई बचत गर्ने बानीको विकास, ब्याजको गणना साथै वित्तीय साक्षरता र सहकारी शिक्षाले सदस्यहरुमा सहकारी प्रतिको आकर्षण बढ्दो छ । दैनिक जसो ऋण तिर्दा ऋण तिरेको भान नै नहुने पनि सदस्यहरुको राय छ । अहिले बजारमा तरलताको अभाव भएता पनि सहकारी संस्थाहरुले सदस्यहरु सँग दैनिक बचत साथै ऋण असुलीले पनि सहकारी संस्थाहरुमा तरलता खासै अभाव भएको छैन । सदस्य सदस्य बीच बचत र ऋणको कारोबार गरिदा सदस्यहरु सचेत रहनु पर्दछ । कोरोनाको कहरले कयौं व्यापारीहरुलाई घरबार विहिन बनायो होला त कयौंले व्यापार व्यवसाय गुमाएको अवस्था छ तर स्थानीय स्तरमा सानो सानो ब्यापारको ढोका खोल्न सहकारी नै हुन त्यसैले सहकारीमा आएको संकट केही दिनको लागि हो यो चाडै समाधान हुनेछ । बचत कर्ताले जसरी सहकारीमा जम्मा गरेका छन त्यसैगरी ऋण लिएका सदस्यहरुले पनि समयमै आफ्नो सावा र ब्याज रकम सहकारीमा जम्मा गर्ने हो भने सहकारीमा कुनै प्रकारको समस्या छैन । बचत र्फितालाई मात्र जोड दिएका छौ ऋण लिएकाहरुलाई पनि समयमै यसलाई फिर्ता गर्न सहकारीमा आवद्ध सदस्यहरुले नै पहल गरे सहकारीमा कुनै समस्यमा छैन त्यसै सरकारले सहकारीलाई तिन खम्ब अर्थनितिमा एउटा खक्बा मानेको हैन सबैले बुझन जरुरी छ ।

संकट भित्र समाधान पनि हुन्छ त्यो खोजी गर्न सरोकार वाला निकाय लाग्नु पर्छ र सहकारी बचाउन स्थानीय, प्रदेश र संधिय सरकारको पनि हो यसको लागि सहुलियत दिनुपर्छ र सहकारी सम्बन्धी जुन प्रकारका् भ्रम छ त्यो हटाउनको लागि राज्य स्तरबाटै लाग्नु पर्छ स्वय सहकारी कर्मीहरु पनि लाग्न सकेको खण्डमा सहकारी बास्तबमा देशको अर्थतन्त्रको एउटा खम्बा बन्न सक्छ ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।