दुई पालिकाको केन्द्र परिवर्तन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले दुईवटा पालिकाको पालिका केन्द्र परिवर्तन गरेको छ । मन्त्रिपरिषद् बैठकले दाङको शान्तिनगर गाउँपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाको केन्द्र परिवर्तन गरेको हो ।

निर्णय अनुसार शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नं. ४ चिराघाटबाट सोही वडाको जुम्लेकुला र महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नंं. ४ कमलपोखरीबाट वडा नंं ८ लुभुस्थित देवीस्थान कायम गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।