गृहमन्त्रीको राजीनामा पनि आउँदैन, छानबिन समिति पनि बन्दैन: एमाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले राखेका मागहरू पूरा गर्न नसकिने बताएका छन्। संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन असम्भव रहेको बताए।

उनले गृहमन्त्रीले संसद्मा जवाफ दिने वातावरण बनाइनुपर्ने र विपक्षीले पहिले उनको भनाइ सुन्नुपर्ने धारणा राखे। बर्तौलाले प्रतिपक्षीले संसद्‌लाई बन्धक बनाएको आरोप लगाउँदै उनीहरूको माग अपरिपक्व भएको टिप्पणी गरे।

सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा हिजो र आज संसद् बैठक बस्न सकेन भने अब भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।