काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समानता र समभावको विकास गर्दै जातीय छुवाछूत अन्त्य गर्नुपर्ने बताएका छन्। उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन हुने समाज निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले यस्तो समाज बनाउनुपर्ने बताएका हुन्।
‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्छ। मानवताभन्दा माथि कुनै जात छैन। रगत सबैको एउटै रङको हुन्छ। आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज बनाउनु छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्।
Comment