नेपालमा एसियाली विकास बैंक (एडीबी) को सहायता तथा ऋण लगानी ३२३.७ मिलियन अमेरिकी डलर पुगेको छ ।
बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१९ मा बैंकले विकासका विभिन्न परियोजनाहरुमा ३२३.७ मिलियन डलर लगानी गरेको हो ।
एडिबीको नेपालमा सबैभन्दा धेरै भुकम्प आपतकालिन सहायता कक्ष, पावर सिस्टम विस्तार, खाद्य सुरक्षा तथा कृषि वाणिज्यकरण,क्षेत्रीय शहरी विकास परियोजना, ग्रामीण जडान सुधार प्रोजेक्ट र विद्यालय क्षेत्र विकास क्षेत्रमा सहायता रहेको छ।
बैंकको तथ्यांक अनुसार एक वर्षको अवधीमा बैंकले भुकम्प आपतकालिन सहायता कक्ष निर्माणको लागि ३८.५ मिलियन डलर, पावर सिस्टम विस्तार कार्यक्रममा २८.७ मिलियन डलर रहेको छ ।
त्यस्तै खाद्य सुरक्षा तथा कृषि वाणिज्यकरण कार्यक्रममा २५ मिलियन डलर, क्षेत्रीय शहरी विकास परियोजनामा २२.१ मिलियन डलर, ग्रामीण जडान सुधार प्रोजेक्टमा २०.२ मिलियन र विद्यालय क्षेत्र विकास कार्यक्रममा २० मिलियन खर्च गर्यो ।
एडीबीले नेपाललाई अहिलेसम्म ६ विलियन डलरभन्दा धेरैको आर्थिक र प्राविधिक सहयोग प्रदान गरिसकेको छ।
Comment