हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हनी ट्रयापमा पारेर राजधानी काठमाडौंमा घर र ४ आना जग्गा बार्गेनिङ गरेको आरोपमा दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका–१० की स्थायी बासिन्दा तथा काठमाडौंको कालोपुलमा बसोबास गर्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ रहेका छन्।

उनीहरूलाई बुधबार साँझ हनुमानस्थान क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएका छन्।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूसँग सम्बन्ध स्थापना गरी होटलमा बोलाई, मादक पदार्थ सेवन गराइ अश्लील फोटो तथा भिडियो खिच्ने, त्यसपछि ती सामग्री देखाई ब्ल्याकमेल गर्दै घर-जग्गा माग्ने र यौन शोषणको झुटा मुद्दा लगाउने धम्की दिने गर्थे। यसै क्रममा पीडितलाई ५ लाख रुपैयाँको चेक काट्न बाध्य पारेको र सो चेकसहित दुई थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ।

पक्राउ परेकामध्ये आँचल श्रेष्ठ विवाहित थिइन् र सम्बन्धविच्छेदपछि एक्लै बस्दै आएकी थिइन्। उनीहरूको नियमित पेसा पुष्टि हुन नसकेकोले यस्तै किसिमको ठगीमा संलग्न भएको आशंका प्रहरीले गरेको छ। प्रहरीले यस्ता घटनाबाट प्रभावित अन्य पीडितलाई पनि सम्पर्क गर्न अनुरोध गरेको छ।

हाल दुवै महिलालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।