सुन तोलामा १७ सयले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकाशिँदै गएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत देखिन थालेको छ। सुनको मूल्य बुधबारदेखि निरन्तर रूपमा बढिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज (बिहीबार) सुनको मूल्य तोलामा १,७०० रुपैयाँले वृद्धि भएको छ। सो वृद्धिपछि छापावाला सुनको मूल्य रु १,९१,५०० मा पुगेको छ। यस्तैगरी, तेजाबी सुनको मूल्य पनि सोही अनुपातमा बढेको छ।

पहेँलो धातुसँगै चाँदीको मूल्य समेत उकालो लागेको छ। महासङ्घका अनुसार, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर रु २,०२५ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च विन्दुमा पुग्दै गएको देखिन्छ। आजको अन्तर्राष्ट्रिय रिपोर्टअनुसार, प्रति औँस सुनको मूल्य ३,३५५ अमेरिकी डलर मा कारोबार भइरहेको जनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।