काठमाडौं महानगरले हटायो कवाडी संकलन केन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। यसअघि पटकपटक दिएको आग्रह नमानेपछि काठमाडौं महानगरपालिकाले कवाडी संकलन केन्द्रमा डोजर चलाएर हटाएको छ।

कामपा-३२ मा पर्ने उक्त कवाडी संकलन केन्द्र हटाउनको लागि ६ वटा टोल सुधार समिति र स्थानीयले कामपामा उजुरी गरेपछि उक्त केन्द्रमा आज डोजर लगाइएको कामपा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिए।

उपरीक्षक अर्यालका अनुसार कामपा नगर प्रहरीले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेको तीनवटा कवाडी संकलन केन्द्र हटाएर हो। ‘आवास क्षेत्रमा पर्ने उक्त केन्द्र हटाउनका लागि कामपाले पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो’, उपरीक्षक अर्यालले भने।

उक्त स्थानमा डोजर लगाएर भत्काएको विरोधमा कवाडी संकलन केन्द्रका दुई मजदुरहरुले डोजरलाई ढुंगामुढा गरेका थिए।

ढुंगामुढा गर्नेलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए। स्थानीयले बालबालिको पठनपाठन बिग्रिएको, सामाजिक असुरक्षा भएको भन्दै उक्त केन्द्र हटाउन आग्रह गर्दै आएका थिए। रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।