यी विषयमा छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि, समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको महाधिवेशन, जनयात्रालगायत एजेण्डामा छलफल हुनेछ ।

पार्टी सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुनः पक्राउ परेपछि रास्वपाको पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।