गणतन्त्र आएपछि नेपालीको आयु ५४ बाट ७४ वर्षमा पुगेको पोखरेलको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रले देशलाई विकासको बाटोमा डोर्याएको दाबी गरेका छन्। मंगलबार सुर्खेतमा आयोजित बृहत जागरण सभामा उनले राजतन्त्रको तुलनामा गणतन्त्र प्रभावकारी भएको बताएका हुन्।

“सयौँ वर्ष राजतन्त्र रहँदा जम्मा ८ हजार किलोमिटर सडक बन्यो,” पोखरेलले भने, “तर गणतन्त्र आएपछि केन्द्र सरकारले ४३ हजार किलोमिटर र समग्रमा १ लाख १० हजार किलोमिटर सडक निर्माण भएको छ। यो जनताले ल्याएको गणतन्त्रको उपज हो।”

उनले राजतन्त्रको समयमा देश बर्बादीतर्फ गएको र राजावादीहरूले देशको दुर्गति गरेको आरोपसमेत लगाए। पोखरेलले गणतन्त्रपछि नेपालीको औसत आयु ५४ वर्षबाट ७४ वर्ष पुगेको भन्दै देशमा सकारात्मक परिवर्तन आएको दाबी गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।