तीन संसदीय समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ। जसअन्तर्गत बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ।

बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल हुने छ। त्यस्तै बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुनेछ।

त्यस्तै दिउँसो ३ बजे बस्ने महिला तथा सामाजिक ममिला समितिको बैठकमा मुस्लिम आयोगको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुने छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।