सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्यमा कमी आएको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा ३ हजार ९०० रुपैयाँले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला सुन १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी पनि तोलामा १२५ रुपैयाँले  घटेर १ हजार ८७० रुपैयाँ कायम भएको छ । बिहीबार एक तोला चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार १०१.३२ अमेरिकी डलर र चाँदी ३१.५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।