प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आज दुईपक्षीय भेटवार्ता हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गरेपछि ओलीले आज मोदीलाई भेट्ने तयारी रहेको जनाइएको छ।

स्रोतका अनुसार सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ।

यी सबै कार्यक्रमहरु बैंकस्थित होटेल साड्ग्रिलामा हुनेछन्। थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन पुगेका हुन्।

यसपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा ओली पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।

पछिल्लो समय ओली र समकक्षी मोदीबीको बिग्रदो सम्बन्धको चर्चा चलिरहँदा आज हुने यस भेटवार्तालाई निकै चासोका साथ हेरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।