रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि नयाँ बोनसदर घोषणा गरेको छ।

नेपाल बीमा प्राधिकरणले गत फागुन २६ गते कम्पनीको आर्थिक लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन स्वीकृत गरेपछि कम्पनीले मुनाफामा सरिक हुने जीवन बीमालेखहरूका लागि नयाँ बोनसदर लागू गरेको हो। यसअनुसार कम्पनीले प्रतिहजार बीमांकमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ।

रिलायबल सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर तय गरिएको छ। पाँचदेखि नौ वर्ष अवधिका बीमालेखमा प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्षसम्म ५५ रुपैयाँ, १५ देखि १९ वर्षसम्म ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनस कायम गरिएको छ। यस्तै, रिलायबल सुलभ जीवन बीमालेख तथा सुलभ बाल जीवन बीमालेख प्लस योजनामा पाँचदेखि नौ वर्ष अवधिका बीमालेखमा प्रतिहजार २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि २९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३३ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथिका लागि ४१ रुपैयाँ बोनस तय गरिएको छ।

रिलायबल सजिलो जीवन बीमा योजनामा पाँचदेखि १४ वर्ष अवधिका बीमालेखमा प्रतिहजार २५ रुपैयाँ तथा १५ वर्ष र सोभन्दा माथिका लागि २६ रुपैयाँ बोनसदर कायम गरिएको छ। त्यस्तै, लघु सावधिक जीवन बीमा योजनामा पाँचदेखि नौ वर्ष अवधिका लागि ३१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ३४ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ३५ रुपैयाँ बोनसदर तोकिएको छ।

सावधिक तथा आजीवन बीमा योजनामा पाँचदेखि नौ वर्ष अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ५० रुपैयाँ बोनसदर घोषणा गरिएको छ। यस्तै, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा १०, १२ र १४ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ तथा १६, १८ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर कायम गरिएको छ।

रिलायबल समुन्नति जीवन बीमा योजनामा पाँचदेखि १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १५ देखि २४ वर्ष अवधिका लागि २१ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि २३ रुपैयाँ बोनसदर घोषणा गरिएको छ। साथै, बालबालिकाको उच्च शिक्षा लक्षित सावधिक बीमा योजनामा पाँचदेखि १४ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथिका लागि ६५ रुपैयाँ बोनसदर तोकिएको छ।

कम्पनीका अनुसार घोषणा गरिएको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्तामूल्य तथा चालु बीमालेखहरूमा लागू हुनेछ। अर्को बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत नभएसम्म भुक्तानी हुने सम्पूर्ण दाबीहरूमा पनि यही बोनसदर लागु हुने कम्पनीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।