काठमाडौं। विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या २ करोड ४३ लाख पुगेको छ ।
वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा मात्रै विश्वभर २ लाख ६३ हजार संक्रमित थपिएका छन्। यस्तै ६ हजार १४६ जनाको मृत्यु भएको छ।
हिजो सबैभन्दा धेरै भारतमा ७५ हजार ९९५ जना संक्रमित थपिएका छन्। यस्तै, ब्राजिलमा ४७ हजार ८२८, अमेरिकामा ४२ हजार ५७३ जना संक्रमित थपिए।
विश्वका संक्रमितमध्ये एक करोड ६८ लाख ४१ हजार ७५२ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख २८ हजार ७२१ जनाको मृत्यु भएको छ। विश्वमा अहिले ६६ लाख ४४ हजार ५८२ सक्रिय संक्रमित छन्।
Comment